|

काठमाडौं : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बाइपासबाट स्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँसहित दुईजना पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सोही ठाउँका २१ वर्षीय विनय कलवार र भारत उत्तर प्रदेश नौतुनाका ३५ वर्षीय सुरज गैडा रहेका छन्। लु २१ प २२१२ नम्बरको स्कुटरलाई इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कलवारले बोकेको झोलामा उक्त नगद फेला परेको हो।

बरामद रकम र स्कुटरसहित दुवै जनालाई आवश्यक कारबाहीको लागि बुटवल उपमहानगरपालिका-८ स्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.