|

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ। सभामुख सानुकुमार श्रेष्ठले शनिबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन्। 

प्रतिपक्षी दलले बजेटप्रति असन्तुष्टि जनाउँदै अवरुद्व गरेपछि संसद बैठक बस्न सकेको थिएन। प्रतिपक्षीको माग पूरा गर्ने सहमति नगरी सरकारले संसद बैठक आह्वान गरेको भन्दै प्रतिपक्षी दलले असन्तुष्टि जनाइरहेका छन्। सत्तापक्षको खनाल–नेपाल समूहले पनि सदन सञ्चालनबारे सरकारले छलफल नगरेको बताएको छ।

सरकारले असन्तुलित ढंगले बजेट ल्याएको, कमिसनको लोभले हतारमा विद्युतीय बस खरिद गर्न लागेको, औचित्यहीन सुरुङमार्ग निर्माण गर्न लागेको र आफू नियन्त्रित  सञ्चार गृह  सञ्चालन गर्न  लागेको  भन्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्व गर्दै आएका छन्।

संसद अवरुद्व गरेको एक सातासम्म पनि सहमतिका लागि कुनै प्रयास नगरेको प्रदेश सरकारले शुक्रबारबाट मात्रै छलफललाई अगाडि बढाएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संससदीय दलको नेता शालिकराम जम्कट्टेलले बताए। उनले  शुक्रबार सरकारसँग छलफल भए पनि सहमति भने नभएको बताए। जम्कट्टेलले सरकारले आफ्नो मागप्रति सहमति नजनाइ बैठक बोलाएको भन्दै सहमती नभई संसद चल्न नदिने बताए। 

आफ्नो माग सम्बोधन नभएसम्म संसद चल्न दनिे प्रतिपक्षी दलले अडान राखिरहँदा प्रदेश सरकार भने असार मसान्तभित्रै बजेट पास गर्ने दाउमा छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.