|

इलाम  : जिल्लाको माङसेबुङ गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई ३५ हजारका दरले राहत उपलब्ध गराएको छ। गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको नेतृत्वमा कर्मचारीको समूहले मृतकको घरघरमा पुगेर परिवारलाई राहत उपलब्ध गराएको हो।

गाउँपालिकाले कोरोनाबाट हालसम्म सदस्य गुमाएका ६ जनाको परिवारलाई राहत उपलब्ध गराएको छ। मृतकका परिवारलाई अध्यक्ष इदिङ्गोले प्रतिपरिवार ३५ हजारका दरले २ लाख १० हजार रुपैयाँ उपलब्ध गराएको हो।

कोरोनाबाट ज्यान गुमाएका माङसेबुङ ३ का बलकबहादुर लावती र कृष्णबहादुर लिम्बू, माङसेबुङ ५ का धनमाया साङपाङ राई, टेकबहादुर लावती र लक्षीहाङमा लावती एवम् माङसेबुङ ६ का मनराज राईको परिवारलाई राहत उपलब्ध गराएको हो।

माङसेबुङ गाउँपालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन समितिको २५ असारको बैठकले गाउँपालिकाभित्र कोरोना संक्रमणबाट परिवार तथा सदस्य गुमाएको परिवारलाई राहतस्वरूप ३५ हजार उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार घरघरमा नै पुगेर राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष इदिङ्गोले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.