|

काठमाडौं : नेपालमै  बनेर विश्वका विकसित २० मुलुकहरूका २०० भन्दा बढी विद्यालयहरूमाझ प्रयोग हुँदै आएको प्रख्यात ई–लर्निङ प्लेटफर्म माई सेकेण्ड टिचरले ई–लर्निङ् भिडियोहरूमा अभिनय गर्नका लागि प्रतिभाशाली कलाकारहरुलाई आमन्त्रण गरेको छ।

छोटो समयमै विश्वस्तरका कैयौं अवार्डहरूद्वारा सम्मानित यस प्लेटफर्म हालसालै नेपालमा पनि सार्वजनिक गरिएको थियो र हाल २५ हजारभन्दा बढी विद्यार्थीहरूले प्रयोग गर्दै आएका छन्।

यिनै विश्वभरका विद्यार्थी अनि शिक्षकद्वारा प्रयोग गरिने माई सेकेण्ड टिचरको ई–लर्निङ्  भिडियोहरूमा शिक्षक र विद्यार्थीको भूमिका निभाउन माई सेकेण्ड टिचरले यस अडिसनको अवसर कलाकारहरू माझ सार्वजनिक गरेको छ।

अडिसनमार्फत शिक्षक र विद्यार्थीको भूमिका निर्वाह गर्न कुल २० कलाकारहरु छनोट हुनेछन्। त्यसमध्ये १० जनाले नेपाली पाठ्यक्रमअनुरूप ई–लर्निङ्  भिडियोहरूमा अभिनय गर्नेछन् भने बाँकी १० जनाले क्याम्ब्रिज पाठ्यक्रमअनुरूप इन्टरनेशनल ई–लर्निङ भिडियोहरूमा अभिनय गर्नेछन् जुन ५० भन्दा बढी देशहरूमा प्रयोग हुनेछ।

हालमाई सेकेन्ड टिचरमा क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत IGCSE तहका फिजिक्स, केमिस्ट्री, बायोलोजी र म्याथविषयका भिडियो रहेका छन् भने, नेपाली पाठ्यक्रमअन्तर्गत कक्षा १० को अंग्रेजी (-English_), विज्ञान (Science), अनिवार्य गणित (C Math)  र अर्थशास्त्र(Economics)का  ई–लर्निङ्भिडियोहरु रहेका छन्।

नेशनल तथा ईन्टरनेशनलई–लर्निङ भिडियोहरूमा शिक्षकको भूमिकामा देखिने पुरुष र महिला कलाकारहरूको उमेर अनिवार्य रूपमा २५–४५ वर्षको बीचमा हुनुका साथसाथै विद्यार्थीको भूमिकामा देखिने पुरुष र महिला कलाकारहरुको पनि उमेर अनिवार्य रुपमा १८–२५ वर्षको बीचमा हुनुपर्ने छ।

नेपाली पाठ्यक्रममा अभिनय गर्ने कलाकारको नेपाली र अंग्रेजी भाषाको  उच्चारणमा निपुणता हुनुपर्नेछ भने, क्याम्ब्रिज विश्वविद्यालयको पाठ्यक्रममा अभिनय गर्ने कलाकारको हकमा, अंग्रेजी भाषाको उच्चारण न्युट्रल या ब्रिटिश हुनुपर्नेछ। इच्छुक कलाकारहरुले श्रावण १ गते (१६ जुलाई) सम्म आवेदनका लागिः https://www.innovatetech.io/jobs/  मा जान सकिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.