|

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली समर्थित नेता तथा कार्यकर्ताहरूले जम्मा भएर सडक प्रदर्शन गरेका छन्।

एमाले नेता महेश बस्नेतको नेतृत्वमा माइतीघर मण्डला हुँदै  प्रदर्शनकारीहरू नयाँ बानेश्वरतर्फ अघि बढेका छन्। उनीहरुले अदालतको सबै फैसला मानिँदैन, केपी ओली जिन्दावादलगायतका नारा लेखिएको ब्यानर र प्लाकार्ड बोकेका छन्।

नेता बस्नेतले व्यवस्थापिका र कार्यपालिकाको अधिकार सेटिङवाला न्यायमूर्तिका हात पुगेको आरोप लगाएका छन्।  उनले आजको दिन नेपालको इतिहासमा अदालत चुकेको र निर्दलीय शोषण व्यवस्थापन पुनः विजारोपण भएको समेत बताएका छन्। 

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.