|

गुल्मी : इश्माका पहिरो पीडितका लागि मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रममार्फत घर बनाउन रकम उपलब्ध गराइएको छ।

पहिरो पीडित १० घरपरिवारलाई घर बनाउनका लागि दुई लाख ५० हजार रुपैयाँका दरले रकम उपलब्ध गराइएको कार्यक्रमका फोकल पर्सन हरिप्रसाद घिमिरेले जानकारी दिए।

गत वर्ष चलेको पहिरोमा परी उनीहरू पीडित भएकाहरूलाई घर निर्माण गर्न रकम उपलब्ध गराइएको इश्मा गाउँपालिकाले जनाएको छ। वडा नम्बर १,  मल्दीका टेकबहादुर सारु, सूर्यबहादुर सिंजाली, बोमबहादुर महत, गुर्वाका लोके कुमाल, इश्मा गाउँपालिका वडा नम्वर दूई रातचौरका गंगाबहादुर कुमाल, दलवीर कुमाल, पालुखाका गोपाल बिश्वकर्मा, वडा नम्बर चार रातपानीका मानबहादुर घर्ती, लुसेपानीका धनबहादुर घर्ती र अर्मजाका धनबहादुरको घर निर्माण भएको छ।

गत वर्ष गएको पहिरोका कारण घर भत्किएर त्रिपाल मुनी बस्दै आएका मल्दीका लोके कुमालले नयाँ घर बनेपछि खुसी व्यक्त गरे। सधैँ त्रिपालमुनि नै बास बस्नुपर्ने हो कि भन्ने लागेको, तर मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत घर बनेपछि सुरक्षित महसुस गरेको उनले बताए।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत घर बनेपछि स्थानीय सरकार दुःखीहरूको साथमा रहेको अनुभूति भएको पालुखाका गोपाल विश्वकर्माले बताए।

उनीहरूलाई दुई लाख ५० हजार रुपैयाँ दरले रकम खातामा जम्मा गरिदिने गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.