|

कञ्चनपुर : भीमदत्त नगरपालिका- १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको बुधबार  राति कुटपिटबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार आपसी विवादमा भान्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारले कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको उनले बताए।

कुटपिटमा संलग्न गिरधारी लुहारलाई प्रहरीले पक्राउ गरेको छ। मृतक लुहारको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।  कुटपिटमा संलग्न रहेका लुहारलाई हिरासतमा राखेर अनुसन्धानभै रहेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए।

‘कुटपिबाट हत्या गरिएको खुल्न आएको छ। हिरासतमा राखेर अनुसन्धान अघि बढाएका छौ’ उनले भने, ‘दुई जनाबीच विवादको कारण बाहिर आउन सकेको छैन।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.