|

काठमाडौं : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखिको समस्या समाधानका लागि सरकारले कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री कार्यालयका बरिष्ठ सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा सरकारले आठ सदस्यीय कार्यदल गठन गरेको हो। सरकारले आन्दोलनरत पक्षसँग  वार्ता  र छलफल गरी समस्या समाधानका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्न अर्यालको संयोजकत्वमा कार्यदल गठन गठन गरेको छ।

कार्यदलका सदस्यसचिव  एवं प्रधानमन्त्री कार्यालयका सहसचिव शङ्कर नेपालले कार्यदलले शुक्रबारबाट नै काम थालेको जानकारी दिए।

प्रधानमन्त्री एवं कुलपति कार्यालयद्वारा बिहीबार सचिव अर्यालको अध्यक्षतामा गठन गरिएको कार्यदलमा प्रधानमन्त्री कार्यालय, स्वास्थ्य  मन्त्रालय, कानून मन्त्रालय, महालेखा नियन्त्रकको   कार्यालय, सार्बजनिक  खरिद अनुगमन र वीपी प्रतिष्ठानका प्रतिनिधि सदस्य छन्।

प्रतिष्ठानमा कार्यरत चिकित्सक नर्स र  विद्यार्थीले प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलन गरिरहेका छन्। संयुक्त संघर्ष समितिले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउँदै ४८ घण्टाभित्र माग पुरा नभए दैनिक २ घण्टा  इमर्जेन्सी,  कोभिड अस्पताल र  पूर्व निर्धारित परीक्षाबाहेक सबै सेवा बहिष्कार गर्ने अल्टिमेटम दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.