|

हेटौंडा : विभिन्न ३४ बुँदे माग राख्दै शिक्षकहरुले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएका छन्।

नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको सात वटै प्रदेशमा धर्ना दिने कार्यक्रमअन्तर्गत शुक्रबार बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि पनि धर्ना दिएका हुन्।

बागमती प्रदेश शिक्षक महासंघ आन्दोलन परिचालन समितिका सह–संयोजक दिपकलाल खतिवडाको नेतृत्वमा प्रदेश, जिल्ला, स्थानीय तहका करिब ६० जना शिक्षकहरूले एक घण्टा धर्ना दिएका थिए।

गुणस्तरीय शिक्षाको लागि कुल बजेटको २० प्रतिशत छुट्याउनुपर्ने, विद्यालय शिक्षाको विकासको लागि संवैधानिक प्रबन्ध गर्नुपर्ने, हरेक १० वर्षमा स्थायी शिक्षकको एक तह आवधिक बढुवा गर्नुपर्नेलगायतका मागहरु उनीहरुले राखेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.