|

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई  छिमेकी चीनले चार दिनपछि राजदूतमार्फत बधाई दिएको छ।

राजदूत होउ यान्छीले शुक्रबार  प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई बधाई तथा शुभकामना दिएकी हुन्। भेटमा देउवाको कार्यकालमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने लगायतका द्धिपक्षीय हितका विविध चासोमा छलफल समेत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

यसअघि भारत र अमेरिकाले पनि राजदूत तहमा देउवालाई बधाई दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.