|

काठमाडौं : प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएका छन्। प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न ४ बजे बस्दैछ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधिसभाको बैठकका लागि कार्यसूची तय गरिसकेको सभामुख अग्निप्रसाद सापकोटाले बताए। 

आइतबार प्रतिनिधिसभाको दुईवटा बैठक बस्ने र पहिलो बैठकले राष्ट्रपति कार्यालयबाट आएका पत्रहरू प्रस्तुत गरिने, सरकारले ल्याएका अध्यादेशहरू प्रस्तुत गरिने तथा शोक प्रस्तावहरू पारित गरिने बताए। 

आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूची तय गरिएको उनको भनाइ छ। 

‘दोस्रो बैठकमा प्रधानमन्त्रीज्यूले विश्वासको मत लिन्छु भनेर पत्र पठाउनुभएको छ। यो पत्र अनुसार विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्नका लागि सचिवालयले तयारी गरिरहेको छ। त्यहीअनुसार तयारी गर्न मैले सचिवालयलाई निर्देशित पनि गरेको छु। आज यिनै कार्यसूचीहरू छन्। विश्वासको मतको लागि प्रस्ताव दर्ता भइसकेको छ’ सभामुखले भने। 

सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुन:स्थापना गरेपछि पहिलोपल्ट आइतबार प्रतिनिधि सभा बैठक बस्न लागेको हो। देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएको थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.