|

जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार क्षेत्र महेन्द्रनगरबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका-२ कार्तिककुवरका ३५ वर्षीय रामकुमार महतो र क्षीरेश्वरनाथ-५ की २१ वर्षीया रुवीकुमारी साह रहेका छन्। उनीहरुलाई आइतबार साँझ क्षिरेश्वरनाथ-५ महेन्द्रनगरको हनुमान चौकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

ज ३ प ५४९ नम्बरको मोटरसाइकलमा रहेका उनीहरुमाथि शंका लागेपछि चेकजाँच गर्दा पाँच किलो गाँजा बरामद भएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए। ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.