|

पर्वत : काठमाडौंमा उपचाररत कास्कीको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको उपचारको लागि महानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। 

प्रमुख जिसीको उपचारका लागि दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले मंगलवार जारी गरी जानकारी दिएका छन्। महानगरपालिकाका कार्यवाहक नगर प्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा महानगरपालिकाको कार्यपालिकाको ५१ औँ बैठकले उक्त निर्णय गरेको हो। उक्त आर्थिक सहयोग प्रकोप व्यवस्थापन कोषबाटबाट दिने निर्णय भएको हो।

जिसीलाई साउन १ गते मस्तिष्कघात भएको हो। उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.