|

सल्यान : सल्यान जिल्ला अस्पतालमा रहेकी सुत्केरीको फोक्सोमा समस्या आएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ।

महोत्तरी सोनाम गाउँपालिका–१ घर भई सल्यान शारदा नगरपालिका–२ बस्ने २१ वर्षीया अर्चना यादवको हेलिकप्टरबाट उद्धार गरि सुर्खेत लगिएको हो।

शल्यक्रियाबाट बच्चा जन्माएको दुई दिनपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको सल्यान जिल्ला अस्पतालका डा. भीमकान्त जैसीले जानकारी दिए।

अचानक अक्सिजन कम भई अप्रेशन पछिको जटिलता वा फोक्सोको रोग हुन सक्ने भएकाले उनलाई सुर्खेत पठाइएको जैसीले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.