|

काठमाडौं :  काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा कडा बनाउने तयारी गरिएको छ। पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएकाले निषेधाज्ञा लम्ब्याएर कडाइ गर्न सकिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए। 

गत वैशाख १६ मा सुरु भएको निषेधाज्ञा पछिल्लो समय खुकुलो पार्दै लगिएको थियो। कोरोना संक्रमणको दर फेरि उकालो लागेपछि निषेधाज्ञालाई थप कडा बनाएर एक साता थप गर्ने तयारीमा तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालय जुटेका छन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार आइतबार अपराह्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर के गर्ने भन्ने निर्णय हुनेछ। उनले भने‚ ‘प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नुअघि आज तीनैवटा जिल्लाको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक बस्ने र त्यसको सुझावको आधारमा निर्णय लिइने छौँ,अब थप कडाइ हुन सक्छ।’

पछिल्लो पटक थपिएको निषेधाज्ञाको म्याद आइतबार राति १२ बजे सकिँदैछ। काठमाडौंमा निषेधाज्ञा खुकुलाे पारिएसँगै शनिबारदेखि मध्यम तथा लामो दूरीका सवारीका साधनसमेत चल्न थालेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.