|

हिंस्रक प्रदर्शन बढेपछि ट्यूनीशियाका प्रधानमन्त्री बर्खास्त भएका छन्। संसद भंग भएको छ। 

राष्ट्रपति कैस सैयदले प्रधानमन्त्री हिचम मेकिनीलाई पदबाट बर्खास्त र संसद भंग गरिदिएका हुन्। विपक्षीहरूले पछिल्लो घटनाक्रमलाई तख्तापलट संज्ञा दिएका छन्। 

यतिखेर त्यहाँ गम्भीर सत्ता संकट निम्तिएको छ। कोरोना महामारीसँग जुध्न सरकार विफल भएको भन्दै त्यहाँका नागरिकले विरोध प्रदर्शन थालेका थिए। प्रदर्शन हिंस्रक बनेको थियो। 

आइतबार ट्यूनीशियाका लगभग हरेक क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए। प्रहरी र प्रदर्शनकारीबीच हिंस्रक झडप भएका थियो। 

सो घटनापश्चात राष्ट्रपति सैयदले प्रधानमन्त्री मेकिनीलाई पदबाट बर्खास्त गरिदिएका हुन्।

देशमा शान्ति र अमनचयन कायम गर्न आफूले यसो गरेको र नयाँ प्रधानमन्त्री नियुक्त भएपछि स्थिति नियन्त्रणमा आउने सैयदले दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.