|
फाइल फोटो

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताद्वय राजकिशोर यादव र मनिष सुमन अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा उभिएका छन्। 

आधिकारिकता टुंगोमा पुर्‍याउन निर्वाचन आयोगले  ‘हेड काउन्ट’ सुरु गरेपछि अध्यक्ष ठाकुर पक्षका नेताहरू यादव पक्षको लाइनमा पुगेका हुन्। 

ठाकुर पक्ष पक्ष निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा जादा राजकिशोर यादव मन्त्री बनेका थिए। ठाकुर पक्षको लिष्टमा नअटाएका यादवलाई ओलीले मन्त्री बनाएका थिए। 

यस्तै, अर्का नेता मनिष सुमन पनि अध्यक्ष यादवकै पक्षमा उभिएका छन्। यादवको पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेका नेता सुमनले पार्टी एकताको लागि धेरै पहल गर्दासमेत सफल नभएको बताए। 

उनले सञ्चारकर्मीहरूसँग भने, 'एकताको लागि धेरै प्रयास गरेको हुँ। महन्थ ठाकुरलाई पनि धेरैभन्दा उहाँले मान्नुभएन। त्यसैले मूलधारको पार्टीमै रहन यहाँ सनाखत गरेँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.