|

बझाङ : बझाङमा आइतबार राति अज्ञात समूहले सहकारी संस्थाको जिपमा आगजनी गरेको छ। जयपृथ्वी नगरपालिका-६ नौरामा रहेको आमधारा नौरा कृषि सहकारी संस्थाको जिपमा अज्ञात समूहले आगजनी गरेको वडाध्यक्ष नरेन्द्र सिंहले बताए।

गाउँमै पार्किङ गरी राखेको म१च ७८३  नम्बरको जिपमा राति आगजनी भएको छ। वडाध्यक्ष सिंहका अनुसार जिपको अगाडिको सिसा फुटाएर पार्किङ गरेको ठाउँबाट २० मिटर अगाडि ल्याएर आगजनी गरिएको छ।

आइतबार राति करिब १२ बजेतिर जिपमा आगजनी भएको बझाङ प्रहरीले जनाएको छ। आगजनीबाट जिपको अगाडिको सिट र पछाडिको पूरै भाग जलेर क्षति भएको छ। जिपमा आगजानी कसले र किन गरेको हो भन्ने बारेमा खोज अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खडकाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.