|

जनकपुरधाम : जनकपुर विमानस्थलबाट वन्यजन्तुको छालासहित एक यात्रु पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–११ खैरमारा घर भएका ४३ वर्षीय दोर्जे लामा रहेका छन्।

जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित विमानस्थलबाट लामालाई वन्यजन्तु सुनगोहरोको जस्तो देखिने दुई थान छालासहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जनकपुरबाट काठमाडौं जान लागेका लामालाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो। प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र छाला फेला पारेपछि उनलाई पक्राउ गरेको थियो। लामालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.