|

काठमाडाैं : सांसद इन्दुकुमारी शर्माले नागरिकता नपाउँदा लाखौँ मानिस संविधानले प्रदान गरेको मौलिक हकबाट वञ्चित भएको भन्दै नागरिकतासम्बन्धी ऐन सर्वसम्मत रुपले पास गराउन सरकार र सदनको ध्यानाकर्षण गराइएकी छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा उनले लाखौ नेपाली नागरिकता नपाउँदा शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता मौलिक हकबाट वञ्चित भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

'उनीहरू राज्यविहीन भई पीडादायिक जीवन बाँच्न बाध्य भएका छन्। आफूलाई अनुकूल र सत्ता टिकाइराख्न संसद छलेर चलिरहेको संसद विघटन गरी भोलिपल्ट नै अध्यादेशमार्फत नागरिकता ऐन ल्याउन सक्ने सरकारले हामी सांसदले तीन वर्षदेखि बारम्बार संसदमा नागरिकता ऐन पारित गर्न आवाज उठाउँदा किन सुनुवाइ गरेन? म प्रश्न गर्न चाहन्छु,' उनले भनिन्।

उनले अगाडि भनिन्, 'आम जनताको भाग्य र भविष्यसँग खेलवाड गर्न बन्द गरियोस्। र राज्य व्यवस्था समितिले २०७७ साल असार ९ गते यो सम्मानित सदनमा पेस गरेको नागरिकता ऐन छिटोभन्दा छिटो सर्वसहमतिले पारित गरियोस् भन्ने सरकार र सदनको ध्यानाकर्षण गराउन चाहन्छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.