|

काठमाडौं : करिब डेढ महिना अघि पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले प्रेस विज्ञप्ती जारी गरे र भने ‘म नेकपा माओवादी केन्द्रमा फर्किन लागेको भनेर भ्रमपूर्ण हल्ला चलाइयो, मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’

यतिमात्र होइन उनले सोही विज्ञप्तीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा रहेको पदलोलुपता, अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उनी पार्टीलाई विघटनको दिशामा अघि बढेको आरोप लगाए। 

सुशासन सहितको स्थिरता मार्फत् मुलुकमा दिगो/चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले आफूहरु केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा रहेको उल्लेख गरेका थिए।  

उनले अगाडी लेखेका थिए, ‘औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयु बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झाँसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरु/ जनसमुदायमा हार्दिक अनुरोध/अपिल छ।’

प्रेस विज्ञप्तीको पुछारमा उनले लेखेका थिए, ‘क.टोपबहादुर रायमाझी, नेकपा एमाले स्थायी कमिटी सदस्य ।’ 

तर डेढ महिना नबित्दै उनले आफू माओवादीमै रहेको भन्दै सांसद पद पुनर्बहालीको माग गरी सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

उनले आफू केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा औपचारिक रुपमा प्रवेश नगरेको जिकिर रिटमा गरेका छन्। यद्यपी उनीसहित केही पूर्वमाओवादी नेतालाई ओली नेतृत्वको एमालेले स्थायी कमिटीमा मनोनित गरेपछि माओवादी केन्द्रले कारबाहीको प्रक्रिया अघि बढाएको थियो।

रायमाझी ओली नेतृत्वको सरकारमा उर्जा मन्त्री थिए। 

'हेर्नुस् रायमाझीले सर्वोच्चमा दायर गरेको रिटको पूर्णपाठ'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.