|

काठमाडौं : सांसद पद पुनर्बहालीको माग गर्दै रिट दायर गरेको पूर्वमाओवादीका चार नेताको रिटमा सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुन सकेन। 

न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेशी चढे पनि मुद्दा हेर्न नभ्याइनेमा परेको हो। पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरु माओवादीमै रहेको र गैरकानुनी ढंगले कारबाही गरेको भन्दै सांसद पद पुनर्बहालीको माग गर्दै बुधबार रिट दायर गरेका थिए। 

उनीहरु चारै जनाको रिटको पेशी बिहीबार तोकिए पनि अन्तिममा हेर्न नभ्याइने सूचीमा परेको अदालतले जनाएको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.