कञ्चनपुर : बिष्फोटक पदार्थ निस्कृय बनाउने क्रममा घाइते भएका नेपाली सेनाका प्राविधिक जमदार शिवलाल तिवारीको उपचारका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दुई लाख आर्थिक सहयोग उपलव्ध गराएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयद्वारा उपलव्ध गराएको रकम जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले नेपाली सेनाका काली दल गणका गणपति प्रदीप थापालाई हस्तान्तरण गरेका छन्। आर्थिक सहयोग ग्रहण गर्दै थापाले नेपाल प्रहरीबाट प्राप्त सहयोग तिवारीलाई तत्काल हस्तान्तरण गरिने बताए।
नेपाल प्रहरी संगठनप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा नेपाल प्रहरी तथा नेपाली सेना बीचको सम्बन्ध अझ प्रगाढ हुने विचार व्यक्त गरे।
जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा लामो समयदेखि बेवारिसे अस्थामा रहेका बिष्टफोट पदार्थ निस्कृय बनाउने क्रममा जमदार तिवारी गत असार ६ गते भीमदत्त नगरपालिका–३ तिलकपुरस्थित सेनाको फाइरिङ रेञ्जमा गम्भीर रुपमा घाइते भएका थिए। जमदार तिवारीको नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।