|

गुल्मी : गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

सत्यवती गाउँपालिका वडा नम्वर ६ मा जुनियाँबाट खैरेनीतर्फ जाँदै गरेको लु३त ३९९ नम्बरको ट्याक्टर पल्टिएको हो।

दुर्घटनामा रुरुक्षेत्र गाउँपालिकाका-५ का अन्दाजी ३५ वर्षीय दीपक माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

यसैबीच सत्यवतीमै लु२च १४६८ नम्बरको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। 

सत्यवती गाउँपालिका खैरेनीबाट लिम्घातर्फ जाँदै गरेको जिप ढाडबैरामा दुर्घछटना हुँदा सत्यवती ४ का चालक ३४ बर्षीय सेरबहादुर श्रीस, ६८ वर्षीय ननकला पौडेल, ६५ वर्षीय भद्रीकला ज्ञवाली, वडा नम्वर-५ की ५० वर्षीय दिलकुमारी पुन र वडा नम्वर ७ का ७४ वर्षीय चन्द्रबहादुर विक घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

घाइतेहरुको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिप सडकदेखि १५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.