|


काठमाडौं : त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने परीक्षा नरोकिने भएको छ।

कोरोना महामारी बढ्दै गएपछि कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरेपछि अरु परीक्षा के हुने भन्ने अन्योलका बीच त्रिविले यस्तो जानकारी गराएको हो। 

परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा नियमित संचालन हुने जानकारी दिए।

‘स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा साउन २२ गतेदेखि समाप्त भएको र विज्ञान, शिक्षा संकायका परीक्षा भोलिदेखि सम्पन्न हुँदैछ', सामाजिक सञ्जालमा जोशीले लेखेका छन्, 'अब उप्रान्तका मानविकी तथा सामाजिक संकायको मात्रै परीक्षा बाँकी रहेको अवस्थामा थोरै विद्यार्थी रहेको र लामो समयसम्म परीक्षा नभएकाले साउन २८ सम्म सबै स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा संचालन गराउन सम्बद्ध सबैलाई हार्दिक अनुरोध गर्दछौं। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.