|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न​ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन्।

सरकारलाई पूर्णता दिने र गठबन्धनले सार्वजनिक गर्न लागेको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्। 

बिहान १० बजेपछि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रचण्डले आजै बिहान सिन्धुपाल्चोकका बाढी पीडितसँग आफूहरू सरकारलाई पूर्णता दिने विषयमा केन्द्रित रहेको बताउँदै छलफल गर्न बालुवाटार जान लागेको बताएका थिए। 

देउवा नेतृत्वको गठबन्धनको सरकार गठन भएको महिना दिन पुग्न लाग्दासमेत मन्त्रिपरिषद्‌ले पूर्णता पाउन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.