|

काठमाडौं : गायक शिरीष देवकोटाको तीज गीत सार्वजनिक भएको छ। उनको ‘लौरी चच’बोलको गीत सार्वजनिक भएको हो। 

सार्वजनिक गीत गायक देवकोटाकी आमा टुल्कादेवीले लेखेकी हुन्। लय संकलन भने गायक देवकोटाले नै गरेका छन्। सार्वजनिक गीत गायनमा गायक देवकोटालाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन्।

गीतमा रहेको चच शब्दले गीतको मिठास थप परिष्कृत गरेको छ। गायक देवकोटाले करिब ३०/४० को दशकसम्म पनि (पाल्पा) मावली हजुर आमा स्व. उमादेवी न्यौपाने र उहाँका केही साथीहरूले तीजको दिन विशेष प्रस्तुतिका साथ यही लय र शैलीमा 'लौरी च च' गाउने गरेको बताए।

'त्यतिबेला यो गीत गाउनु हुने सबै आमाहरू अहिले स्वर्गीय भैसक्नुभएकोले यो गीतको इतिहास,उत्पत्ति र अर्थबारे पूर्ण जानकारी प्राप्त हुन सकेन। दुःखको कुरा यो गीत पुस्तान्तरण हुन पनि सकेन र गाउन छोडियो। गीतको लय अनि शैली याद रहेकोले केही नयाँ शब्दहरू सहित आमाले गीत सुनाउनुभयो', उनले थाहाखबरसँग भने, 'कम्तीमा यो लय अहिलेको पुस्ताको लागि पनि भिन्न अनि मनोरन्जन पूर्ण हुने ठानेर गीतलाई प्रकाशन गर्ने निर्णय गरेको हुँ।'

गीत प्रकाशन भइसकेपछि पनि यसबारे थप केही जानकारीहरू प्राप्त हुने आशा देवकोटाले राखेका छन्। गीतलाई स्मृति तिमिल्सिनाको रहेको छ भने ३ जोडी कलाकारले अभिनय गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.