|

धनगढी : कैलाली प्रहरीले कैलारी गाउँपालिका-९ का वडाध्यक्ष खेमराज चौधरी र अर्का एक जनालाई हतियारसहित पक्राउ गरेको छ।

सोमबार राति कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गबाट धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहित शाहले चलाइरहेको बा१७च १३१२ नम्बरको जिप चेकजाँच गर्ने क्रममा हातहतियार फेला परेको जिल्ला प्रहरीले कैलालीले जनाएको छ।

हातहतियार फेला परेपछि प्रहरीले चालक शाहसहित त्यही जिपमा सवार कैलारी गाँउपालिका–९ का वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको हो। 

जिपमा धनगढी उपमहानगरपालिका-१ का ४६ वर्षीय रुपक मल्ल र कैलारी गाउँपालिका-९ बस्ने वर्ष ३३ का योगेन्द्रबहादुर देउवा पनि रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

प्रहरीले शाहको साथबाट १२ बोर एक थान, कार्टिज १ थान, त्यस्तै वडाध्यक्ष चौधरीको साथबाट पोइन्ट टु टु १ थान र १० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

पक्राउ परेका दुवै जनामाथि हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका भइरहेको उनले बताए। वडाध्यक्ष चौधरी यसअघि पनि वन तथा वन्यजन्तुसम्बन्धी मुद्दामा मुछिएका थिए। वनसम्बन्धी मुद्दामा उनी महिनौं दिनसम्म फरार थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.