केन्द्रीय सदस्यहरुको सुझाव बमोजिम कार्यतालिका ल्याइने

|

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिकामा सहमति जुट्न सकेन।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमितिमा महामन्त्री पूर्ण बहादुर खड्काले केन्द्रीय निर्वाचन समितिले पारित गरेर पठाएको निर्वाचन निर्देशिका प्रस्तुत गरेका थिए।

उक्त प्रस्तावमा सहमति जुट्न नसकेको बुझिएको छ। केन्द्रीय कार्यसमिति सदस्यहरुको सुझाव बमोजिम १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका आउने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

बिहीबारको बैठकमा महामन्त्री खड्काले प्रस्तुत गरेको निर्वाचन निर्देशिकामा छलफल गरी प्राप्त हुने राय, सुझाव बमोजिम बैठक सकिँदा निर्देशिका पारित गरिने प्रवक्ता शर्माले बताए।

‘बैठकमा केन्द्रीय कार्यसमितिले कार्यतालिका निर्माण गर्नेगरी बैठकमा प्रस्ताव प्रस्तुत भएको छ। केन्द्रीय कार्यसमिति सदस्यको सुझाव बमोजिम १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउनेछौँ।’

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको तर्फबाट विवरण पेश गरेका थिए। यस्तै समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजन समितिले यस अवधिमा गरेका कामको विवरण पेश गरेका थिए।

केन्द्रीय समिति बैठकमा सरकार सञ्चालन, कोरोना महामारी नियन्त्रणको सम्बन्धमा पनि छलफल हुने शर्माले जानकारी दिए। बैठक भोलि पनि बस्ने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.