|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग भेटेका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटपछि ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले खड्कालाई दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता र जितका साथै क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकोमा धन्यवाद दिएका छन्। 

भेटमा प्रधानमन्त्री देउवाले आफू क्रिकेट खेलको विकासका लागि सहयोग गर्न सधैं तयार रहेको बताएका थिए। उनले पारसलाई भने, ‘नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङ्गमा पनि सफलता मिलोस्।’

पारसले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। पारसले पनि ट्वीटरमार्फत नै प्रधानमन्त्री देउवाको बधाईको जवाफ दिएका छन् ।

उनले प्रधानमन्त्रीलाई आगामी दिनमा नेपाली क्रिकेटको वृद्धि र विकासमा सहयोग गर्ने आश्वासन दिनुभएकोमा धन्यवाद भनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.