|

काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफ्नो गल्ती स्वीकार गर्न अध्यक्ष केपी शर्मा ओलीलाई मौका दिने निष्कर्ष निकालेको छ। 

सरकारले २० प्रतिशतमा पार्टी विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याएपछि बसेको नेता नेपाल समूहको बैठकपछि सांसद विरोध खतिवडाले भने, 'केपी ओली पार्टी एकताको भन्दा विभाजनको पक्षमा लागिरहेका छन्। फेरि जालझेल गरेर २६० जना बनाएर निर्वाचन आयोगमा पठाएका छन्। त्यही बिषयमा पनि छलफल गरेका हौँ।' 

उनले आफूहरुसँग २० प्रतिशत मात्रै नभएर करिब ४० प्रतिशतभन्दा धेरै रहेको दाबी गरे। 

'पार्टी दर्ताको लागि निर्वाचन आयोगमा जानेभन्दा पनि फागुन २८ पछिको सबै निर्णय खारेज गर्नुपर्छ भनिरहेका छौँ। आज राति नै ओलीले मागहरुलाई सम्बोधन गर्नुपर्छ। ओलीले आफ्नो गल्ती स्वीकार नगरे राजनीति जाम गरेर बस्दैनौँ। अर्को बाटो लिएर हिँड्छौँ। ओलीले पार्टी विभाजनको बाटो गइरहेका छौँ' उनले भने। 

ओली लचक नभए आफूहरुले आवश्यक प्रक्रिया गरेर अगाडि बढ्ने उनको भनाइ छ। २० प्रतिशतको अध्यादेश आफूहरुलाई नभएर जसपा नेता महन्थ ठाकुर पक्षलाई भएको जिकिर गरे। 

केपी ओलीले दल विभाजनसम्बन्धी अध्यादेश बेइमानीको लागि ल्याएको भए पनि अहिले सरकारले आवश्यकता अनुसार ल्याएको उनको तर्क छ। 

नेपाल समूहले आजै साँझ काठमाडौंमा उपस्थित केन्द्रीय सदस्यहरुको बैठक राखेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.