|
फाइल फोटो

काठमाडौं : अफगानिस्तानको काबुलबाट उद्धार गरि  कुवेत पुर्‍याइएका थप ८७ जना नेपाली आइपुगेका छन् ।  

गएराति ११ बजे जजिरा एयरमार्फत कुवेतबाट ८७ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जनाकारी दिए।  

मंगलबार बिहान १ सय १८ जना नेपाली आइपुगेका थिए।  अमेरिकी सरकारको बन्दोबस्तीमा नेपालीहरु  स्वदेश फर्किएका हुन्।  

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३ सय ८५ मध्ये २ सय ५  जना नेपाल आइपुगेका छन् भने उद्धार गरेर कतार पुर्‍याइएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ।

स्वदेश ल्याइएकाहरुलाई प्रक्रिया पुर्‍याएर घर पठाउने नेपाली सेनाले जनाएको छ।  नेपाल ल्याइएकामध्ये सबैको कोरोना परीक्षण गरिएको छ, संक्रमण देखिएकालाई उपचार पछि घर पठाइने र संक्रमण नभएकालाई सिधै घर पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.