|

काठमाडौं : भारतीय जनता पार्टी (भाजपा) का नेता तथा विदेश विभाग प्रमुख विजय मुर्लिधर चौथाइवालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रस्तावित अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्। आइतबार नेपाल आएका उनले सोमबार नेता ठाकुरसँग भेटवार्ता गरेका हुन्। 

नेता ठाकुरसँग आपसी हितका विषयमा विचार आदानप्रदान गरेको उनले बताएका छन्। 

उनले ट्वीट गरेका छन्, 'मधेशका वरिष्ठ नेपाली नेता श्री महन्थ ठाकुरलाई भेट्न र आपसी हितका विषयहरूमा विचार आदानप्रदान गर्न पाउँदा खुसी लाग्यो।'

चौथाइवालेले सोमबार बिहानै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। उनले आइतबार बेलुकी प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। 

यसअघि नेपालले कालापानी लगायत भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि चौथाइवालेले गत डिसेम्बरमा नेपाल भ्रमण गरेका थिए। नेपाल आएलगत्तै उनले शीर्ष नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.