|

काठमाडौं : प्रशासनले काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञालाई निरन्तरता दिने तयारी गरेको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा निरन्तरता दिने छलफल भएकाे जानकारी दिएका छन्।

भोलि (मंगलबार) बिहान १० बजे काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओहरूको संयुक्त बैठक बस्ने बताउँदै उनले भने,‘आजको छलफलमा अहिलेकै नियमलाई निरन्तरता दिने सहमति भएको छ, अब भोलि निर्णय हुन्छ। बैठक बसेपछि मात्रै एक साता वा कति दिन निषेधाज्ञा थप्ने तय हुन्छ।’

जारी निषेधाज्ञा सोमबार सकिँदै छ। नेपालमा फेरि दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि गएको वैशाख १६ देखि निषेधाज्ञा जारी गरिएको थियो। सरकारले लामाे तथा छाेटाे दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरे पनि शैक्षिक संस्था, पार्टी प्यालेस, सिनेमा हल सञ्चालनमा लगाएको रोक जारी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.