|

बैतडी : सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा र हिन्दु महिलाहरूको चाड तीज मनाउन स्थानीय प्रशासनले रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय बैतडीले आज एक सूचना जारी गर्दै गौरामा भिडभाड नगर्न आग्रह गरेको हो। कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले गौराको समयमा भिडभाड नगरेर मनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए।  

भिडभाड नगरी मनाउने गौरामा सबैलाई स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा अपनाउन आग्रह गरिएको छ। गौरा पर्व, जात्रा, तीज तथा भिडभाड हुने कुनै पनि क्रियाकलाप नगर्न सूचनामा भनिएको छ।

गौरा पर्व आजदेखि सुरू भएको छ। कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले वैकल्पिक उपायमार्फत शिक्षण सिकाई क्रियाकलाप अघि बढाउन पनि प्रशासनले आग्रह गरेको छ।

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै विभिन्न खालका गोष्ठी, समारोह, सेमिनारमा पूर्ण रूपमा रोक लगाइएको प्रशासनले जनाएको छ। यसका साथै  सार्वजनिक सेवा प्रवाह गर्दा तोकिएका आवश्यक मापदण्डहरूको पालना गराउने, पसल व्यवसायहरू बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न दिने तथा प्रत्येक महिना व्यवसायीहरूको कोरोना परीक्षण गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने प्रशासनले जनाएको छ।

यस्तै सिट क्षमता भन्दाबढी यात्रुहरू राख्न नपाउने गरी सार्वजनिक एवं नीजि सवारी साधन सञ्चालन गर्न दिने र महिनाको एक पटक चालक तथा सहचालकको कोरोना परीक्षण गराउने र होटेल तथा रेष्टुरेन्टहरू आवश्यक स्वास्थ्यका मापदण्डहरूको पालना गर्दै सञ्चालन गर्न पाइने जनाइएको छ।

यस्तै चाडपर्वहरूलाई मध्यनजर गर्दै बजारमा हुनसक्ने कालोबजारी गर्न तथा कृत्रिम अभाव सिर्जना गरी आवश्यकता भन्दा बढी समान राखेको, म्याद नाघेका औषधि तथा अन्य सामग्री राखेको, कुनैपनि समाग्री निर्धारित मुल्य भन्दा बढीमा बिक्री वितरण गर्नेहरूलाई कानुन बमोजिम कारबाही गर्ने कार्यलाई थप प्रभावकारी बनाउन स्थानीय तहहरूद्वारा निरन्तर अनुगमन कार्य गरिने भएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.