|

काठमाडौं : नाइजेरियामा बन्दुकधारीको समूहले ७३ विद्यार्थीको अपहरण गरेको छ।

उत्तर–पश्चिमी जामफारा राज्यबाट अज्ञात बन्दुकधारीले ७३ विद्यार्थीको अपहरण गरेको त्यहाँको प्रहरीले जनाएको छ। जामफाराका प्रहरी प्रवक्ता मोहममद सेहुले हिजो बुधबारका दिन बिहान ठूलो संख्यामा आएका बन्दुकधारीले मारादुन भन्ने स्थानीय सरकारअन्तर्गत काया गाउँका विद्यार्थीहरुलाई अपहरण गरेका हुन्। 

ती विद्यार्थीहरु एक माध्यामिक विद्यालयका आवसीय विद्यार्थी हुन्। अपहरणकारीको पहिचान र विद्यार्थीको खोजी भइरहेको प्रहरीले जनाएको छ। नाइजेरियामा यसअघि पनि इस्लामिक कट्टरपन्थी समूह बोको हरामले विद्यार्थीको अपहरण गर्दै आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.