|

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले भारतसँगको खेलसँगै राष्ट्रिय टिमबाट सर्वाधिक क्याप जित्ने विराज महर्जनको कीर्तिमानलाई बराबरी गर्दैछन्।

किरणले भारतविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल अन्तरगतको पहिलो खेलमा पहिलो रोजाईमा मैदानमा प्रवेश गरेसँगै कीर्तिमान बराबरी गर्ने छन्। विराजले गत चैतमा नेपालमा आयोजना भएको थ्री नेसन्स कपमा ७३ क्याप जित्दै सर्वाधिक खेल खेल्ने नेपालको खेलाडी बनेका थिए।​

विराजले बंगलादेशविरुद्धको फाइनल खेलको नियमित खेल सकिन १ मिनेट बाँकी रहँदा त्रिदेव गुरुङको सट्टा मैदान प्रवेश गरेका थिए। त्यसपछि उनले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए।

किरण लामो समयदेखि नेपाली टोलीको पहिलो रोजाइका गोलरक्षकका रुपमा रहेका छन्। उनले २००८ मा एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्ध गोलरक्षक रितेश थापाको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए। त्यसयता उनी राष्ट्रिय टोलीको नियमित सदस्यका रुपमा रहेका छन्।

राष्ट्रिय टोलीको १३ वर्ष लामो यात्रामा कीर्तिमान भंग गर्नै अवस्थामा पुगेका छन्। भारतसँगको अर्को मैत्रिपुर्ण खेलबाट उनले औपचारिक रुपमा सर्वाधिक क्याप जित्ने खेलाडीका रुपमा रहेन छन्।

उनले यो उपलब्धि हासिल गर्न पाउँदा निकै खुशी रहेको बताएका छन्। उनले विगत स्मरण गर्दै भने 'डेब्यु खेलमा नै घाइते हुँदा यहाँसम्म आइपुग्छु भन्ने लागेको थिएन। तर निरन्तरको मिहिनेतले यहाँसम्म आइपुगेको छु। देशको लागि खेल्न पाउनु ठूलो कुरा हो । आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.