|

सर्लाही : अचार र तरकारीको रुपमा खाइने कन्दमुल ओलले उचित मूल्य नपाएपछि सर्लाहीका किसान चिन्तित भएका छन्। गत वर्ष प्रतिकिलो ५० देखि ५५ रुपैयाँसम्म बिक्री भएको ओलले यस वर्ष भने प्रतिकिलो ३० रुपैयाँमा बिक्री नभएपछि किसानहरु चिन्तत भएका हुन््। 

विशेष गरी सर्लाहीको बरहथवा, शंकरपुर, हजरिया, राजघाटलगायत क्षेत्रका व्यावसायिक रुपमा ओल खेती गरिन्छ। फागुन÷चैतमा रोपिने ओल भदौदेखि बिक्रीका लागि तयारी हुन्छ। केही किसानले थोरै मूल्यमा नै ओल बिक्री गरिरहेका छन् भने केहीले बढी मूल्य पाउने आशामा भण्डारण गरेर राखेका छन्। 

पाँच वर्षदेखि ओलको व्यावसायिक खेती गर्दै आएका बरहथवा नगरपालिका–५ हाथिडण्डाका अइते मोक्तानले यस वर्ष निकै कम मूल्य भएको बताए। मोक्तानले गत वर्ष पाँच कठ्ठामा ४० क्विन्टल ओल उत्पादन गर्दा २ लाखमा बिक्री गरेका थिए। 

यस्तै, ध्रुव महतोले १० कठ्ठामा ओल खेती गर्छन्। आलु रोप्नका लागि उनी अहिले धमाधम ओल खनिरहेका छन्। तर मूल्य नपाउँदा उनी निराश छन्। बागमती नगरपालिका–५ का हरिया महतोले ओलको उचित मूल्य नपाएपछि भण्डारण गरेर राखेका छन्। उनले गत वर्ष ४ कठ्ठामा २८ क्विन्टल ओल उत्पादन गरी बिक्री गर्दा करिब डेढ लाख रुपैयाँ आम्दानी गरेको उनले बताए। 

ओल गर्मी महिनामा तरकारी, अचार लगायत बिभिन्न परिकारमा बनाएर खाइन्छ। यो स्वास्थ्यका लागि पनि स्वस्थकर हुने जानकारहरु बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.