‘पार्टीमा उत्पन्न घटनाक्रमका हिस्साको नैतिक जिम्मेवारी लिएर माफी माग्छु’
‘पार्टीमा उत्पन्न घटनाक्रमका हिस्साको नैतिक जिम्मेवारी लिएर माफी माग्छु’
काठमाडौं : विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले पार्टीमा उत्पन्न घटनाक्रमका हिस्साको नैतिक जिम्मेवारी लिएर माफी मागेका छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विवेकशील साझा पार्टी विभिन्न आरोह अवरोह पार गर्दै, हजारौँ पार्टी सदस्यहरूको मिहिनेत, परिश्रमबाट लाखौँ नागरिकको आशा अनि अपेक्षा सँगाल्दै यहाँसम्म आइपुगेको छ। यसका निम्ति म सबैप्रति धन्यवाद दिन चाहन्छु र हाल पार्टीमा उत्पन्न घटनाक्रमका निम्ति म आफ्नो हिस्साको नैतिक जिम्मेवारी लिँदै आम नागरिक, सदस्य, शुभचिन्तकहरूसँग माफी माग्न चाहन्छु।’
विवेकशील साझा मूलभूत रूपमा युवा, महिला, सीमान्तकृत र अल्पसङ्ख्यक तप्काको प्रतिनिधित्व गर्दै आशाको अनि सम्भावनाको राजनीति गर्ने प्रोग्रेसिभ पार्टी भएको उल्लेख गरेका छन्।
पार्टीकै मुख्य नेताहरूबीच आएको विचारको भिन्नताले चिन्तित बनाएको बताएका छन्। पार्टीको विधान कार्यदलले सर्वसम्मत ढंगले बनाएको विधान पाँच महिनासम्म केन्द्रीय समितिमा ल्याउन रोकिएको उल्लेख गरेका छन्।
जारी विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्ष र संयोजकको सहमतिमा बैठकको एजेन्डा तय गर्ने र बैठकको आह्वान गर्ने संयुक्त अधिकार जुन पार्टी विधानको दफा २० (१०), एकीकरणको सम्झौता पत्र र २०७७ साल मंसिर २४ गतेको केन्द्रीय कमिटीको निर्णयमा स्पष्ट लेखिएको छ, त्यसको विपरीत गई, हुँदै नभएको अधिकार प्रयोग गरेर रवीन्द्रजीले एकल रूपमा केन्द्रीय समिति र सचिवालयको अवैधानिक बैठक बोलाउनुभएको छ। यस मानेमा, उहाँले विधान र सम्झौता पत्रलाई च्यातेर धुजा धुजा बनाउनुभएको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।