|

काठमाडौं : दार्चुला तुइन प्रकरण र नेपाली आकाशमा अनधिकृत रुपमा हेलिकोप्टर उडाइएको विषयमा सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ।

सरकारले ती दुई घटनाका सम्बन्धमा छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको हो। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले दुवै घटनाका सम्बन्धमा कूटनीतिक च्यानलबाट पत्र पठाइएको जानकारी दिइन्।

महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन चुँडाइदिँदा दार्चुलाका जयसिंह धामी साउन १५ गते बेपत्ता भएका थिए। सो घटना सेलाउन नपाउँदै भारतले नेपाली सेनाको ब्यारेकमाथि अनाधिकृत रुपमा हेलिकोप्टर उडाएको थियो।

छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गत भदौ १७ गते गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)को उपस्थितिमा दार्चुलामा तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले निष्कर्षसहितको प्रतिवेदन प्रतिवेदन गृहमा बुझाएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.