|

काठमाडौं : काठमाडौं उपत्यकाभित्र कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय १० जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ तथ्यांकअनुसार काठमाडौं जिल्लामा हाल ४ हजार १९ जना सक्रिय संक्रमित छन्।

ललितपुर जिल्लामा यतिखेर १ हजार २ सय ७६ जना सक्रिय संक्रमित छन्। त्यस्तै, भक्तपुर जिल्लामा हाल २ हजार १५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

उपत्यकाभित्र हालसम्म ३ हजार १ सय ७६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। तीमध्ये काठमाडौंमा २ हजार १ सय ७, भक्तपुरमा ४ सय २१ र ललितपुरमा ६ सय ४८ जनाकाे मृत्यु भएकाे छ। 

मंगलबार काठमाडौंमा ३ सय ६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ जना गरी उपत्यकाभित्र कुल ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.