|

पाकिस्तानको सरकारी एयरलाइन्स, पिआइएले नियमितरुपमा इस्लामावाद–काबुल उडान पुनः सुरु गर्ने भएको छ। पाकिस्तानको एयरलाइन्स, पिआइएले उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने पनि जनाएको छ।

पकिस्तान एयरलाइन्सले आइतबार विज्ञप्ति प्रकाशन गरेर उक्त जानकारी दिएको हो। एयरलाइन्सले यसअघि रोकिएको उडान अब सोमबारबाट नियमितरुपमा सुचारु गर्ने जनाएको हो।

अफगानिस्तानमा तालिबानीले हमला गरेर सत्ता कब्जा गरेपछि पाकिस्तानको यो एयरलाइन्सले पनि आफ्ना सबै उडान बन्द गरेको थियो। त्यसयता यहाँका कैयौँ विदेशी विमान सेवा कम्पनीले उडान बन्द गरेका थिए। तर अरु देशका यी कम्पनीले भने उडान शुरु गरेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.