|

काठमाडौं : एमालेका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पाउने भएका छन्। सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले दुई सांसदले दल रोज्न पाउनेगरी अन्तरिम आदेश दिएको हो। 

निर्वाचन आयोगले नेकपा एकीकृत सनाखत गर्न नदिएको भन्दै २३ भदौमा एमाले सांसदद्वय पाण्डे र भट्ट सर्वोच्च पुगेका थिए। रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको थियो। 

२७ भदौमा न्यायाधीश मीरा खड्काको एकल इजलासले आजका लागि छलफलमा बोलाउने आदेश दिएको थियो। आदेशमा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गरेकोमा कुनै कारबाही नगर्न एमालेलाई आदेश गरिएकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.