|

इन्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो फेज आइतबारदेखि सुरू हुँदै छ। गत मे मा भारतमा कोरोना महामारीको दोस्रो लहर सुरू भएसँगै २९ खेल खेलेर प्रतियोगिता स्थगित गरिएको थियो। स्थगित गरिएको प्रतियोगिता आइतबारदेखि युएईमा हुनेछ। बाँकी रहेका सबै ३१ खेल अब युएईमै हुने छन्।

प्रतियोगितालाई कोरोनाबाट जोगाउन बिसिसिआईले कडा नियम लागु गरेको छ। लिगका दौरान इमर्जेन्सी मेडिकल सर्भिस, स्पोर्टस् मेडिसिन सर्भिस, स्पेशलिस्ट टेली कन्सल्टेशन, डाक्डर अन कल, एम्बुलेन्स, एयर एम्बुलेन्सजस्ता सर्भिसका लागि युएईको भिपिएस हेल्थकेयरलाई पार्टनर बनाएको बिसिसिआईले जनाएको छ।

मेडिसिन तथा कोभिड-१९ म्यानेजमेन्टका लागि १०० सदस्यीय मेडिकल टाक्सफोर्स बनाइएको छ। जो खेलाडीका लागि जुनसुकै समय मद्दतका लागि तयार हुने छन्। हरेक खेलका लागि दुई मेडिकल टिम मैदानमा उपलब्ध हुने छन्। जसमा डाक्टर्स, नर्स तथा प्यारामेडिक्स तथा ल्याब टेक्निसियन हुने छन्।

दोस्रो फेजमा कम खेल हुनुको बाबजुत कोभिड टेस्ट भने धेरै हुने छ। खेलाडीहरू युएई पुग्नुअघि नै अबुधाबीका १४ होटलका ७५० भन्दा बढी स्टाफको कोरोना टेस्ट गरिएको छ। नयाँ कोभिड प्रोटकलका बाबजुत सबै खेलाडी तथा अफिसियलको हरेक तेस्रो दिन टेस्ट हुने छ।

प्रतियोगिताका दौरान ३० हजार कोरोना टेस्ट हुने आयोजकले जनाएको छ। त्यसबाहेक सुरक्षित बायो-बबलका लागि नर्स तथा मेडिकल स्टाफको लिग नसकिंदासम्म तोकिएका १४ होटलमानै राखिने छ। यी १४ होटलमा आइपिएलसँग संलग्न खेलाडी तथा खेल अधिकारीहरू मात्र हुने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.