|

बैतडी : बैतडीस्थित महाकाली नदीमा बगेर आज (आइतबार) एक युवक बेपत्ता भएका छन्।  दार्चुलाको लेकम गाउँपालिका–३ का २७ वर्षीय टीकाराम टमाटा बेपत्ता भएका  हुन्। 

टीकाराम झुलाघाटबाट सामान किनेर घर फर्किरहेका बेला झुलाघाटबाट १ किलोमिटर उत्तरको बाटोबाट महाकालीमा खसेर बेपत्ता भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

उनी कसरी महाकालीमा खसे भन्ने खुलेको छैन। एक्लै घर फर्किरहेका उनी साँघुरो बाटो भएकाले लडेर महाकालीमा बेपत्ता भएको अनुमान प्रहरीको छ। प्रहरीले बेपत्ता टीकारामको खोजी गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.