|

भारतीय स्टार ब्याटस्मयान तथा कप्तान विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहभागी टिम रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानीबाट पनि राजीनामा दिने भएका छन्।

उनले आगामी सिजनबाट बैंगलोरको कप्तानी छोड्ने बताए। अहिलेसम्म आरसिबीमा रहँदा समर्थक र सहयोगीले देखाएको सदभावप्रति उनले धन्यवाद दिएका छन्।

विराटले भारतीय टी-२० टीमको कप्तानबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले टी-२० विश्वकपपछि कप्तानी छोड्ने छन्। यद्यपि‚ एक दिवसीय र टेस्टको कप्तानी भने जारी राख्ने छन्। विराटले आफू ब्याटिङमा ध्यान दिनका लागि राजीनामा दिएको बताएका छन्। उनको पछिल्लो दुई वर्षमा ब्याटिङ फर्म कमजोर भएको छ। उनी लामो समयदेखि अन्तर्राष्ट्रिय सतकविहीन छन्।

विराटले २०१३ देखि रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी सम्हालेका हुन्। तर‚ उनको कप्तानीमा टिम फाइनलमा पुगे पनि उपाधि भने जित्न सकेका छैन। विराटले आइपिएलमा अहिलेसम्म १३२ खेलमा टीमको कप्तानी गरेका छन्। जहाँ ६० खेलमा बैंगलोरले जित निकाल्दा ६५ खेलमा पराजित भएको छ। ३ खेल बराबरी हुँदा ४ खेल नतिजाविहीन भएको छ।

विराटले आरसिबीका लागि अहिलेसम्म १९९ खेलमा ६ हजार ७६ रन बनाएका छन्। कप्तानका रुपमा उनले १३२ खेलमा ४३.२७ को औषतमा ४६७४ रन बनाएका छन्। कप्तानको रुपमा उनको स्ट्राइक रेट १३४.११ रहेको छ। उनले आइपिएलमा ५ शतक प्रहार गरेका छन्। उनले सबै शतक कप्तान हुँदा नै प्रहार गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.