|

काठमाडौं : नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। तुलसीलाल प्रतिष्ठान च्यासलमा भोलि ११ बजे बस्नेगरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

यही १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गर्नको लागि बैठक बोलाएको हो। 

बैठक दुई दिनसम्म चल्नेछ। स्थायी कमिटीको बैठकले तीन वटा प्रतिवेदन केन्द्रीय कमिटीमा लाने निर्णय गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.