|

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले विनियोजित विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाएका छन्। 

प्रतिनिधि सभाको असोज ४ गतेको बैठकबाट पारित भइ राष्ट्रिय सभामा पठाइएको विनियोजन विधेयक, २०७८ राष्ट्रियसभाबाट आजको बैठकले पारित गरेपछि प्रमाणीकरणको लागि पठाएको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए। 
 
राष्ट्रियसभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधि सभामा प्राप्त भएपछि सभामुख ले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.