|

काठमाडौं : नेपालले आज ओमानसँग मैत्रपूर्ण फुटबल खेल्दै छ।

साफ च्याम्प्यिनसिप को तयारीमा रहेको नेपालले आज ओमनसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। साफ च्याम्पियनसिप अक्टोबर १ तारिखदेखि १५ तारिखसम्म माल्दिभ्समा आयोजना हुँदै छ।

नेपालले उद्घाटन खेल माल्दिभ्ससँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ। हाल कतारमा रहेको नेपाली टिमले दोहास्थित कतार युनिभर्सिटीको मैदानमा आज राति पौने १० बजे ओमन सँग प्रतिष्पर्धा गर्ने छ।

नेपाली फुटबल टिमले अहिले त्यहीँ अभ्यास गरिरहेको छ। कतारमा अभ्यास सकेपछि उतैबाट नेपाली टिम साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जाने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.