|

बझाङ : बझाङको सेती नदी किनारमा बुधबार दिउँसो मृत फेला परेकी महिलाको पहिचान भएको छ।

शव बझाङको तलकोट गाउँपालिका–३ बस्टिकी २६ वर्षीया धनलक्ष्मी भण्डारी रोकायाको भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले जानकारी दिए। 

धनलक्ष्मी असोज ८ गते रातिदेखि सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी कार्यालय र जिल्लाका सञ्चारमाध्यममा सूचनासमेत गरेको आफन्तले बताएका छन्।

उनको शव आज दिउँसो २ बजे बझाङको जयपृथ्वी नगरपालिका–१० पानकोटस्थित पुलमुनि सेती किनारमा फेला परेको थियो। 

प्रहरीका अनुसार धनलक्ष्मी असोज ८ गते घरबाट एक्कासी बेपत्ता भएको घरपरिवारले बताएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

मृतकका पति भारत बस्दै आएका र दुई छोरा घरमै रहेको प्रहरीले बताएको छ। प्रहरीले पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल सिमखेत पठाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.